उत्तर कोरियाका कम्युनिस्ट नेता किम जोङ उनको मृत्यु भयो भनेर दर्जनौं पटक झुटो भ्रम फैलाउदै छ पश्चिमी मिडियाहरूले।अहिले कम्युनिस्ट सरकार भएका मुलुकहरू चीन, उत्तर कोरिया, क्युबा, लाओस र भियतनामले अति छिटो गतिमा विकास र प्रगति गर्दैछ।उत्तर कोरियाले वार्षिक 7.8 अर्ब अमेरिकन डलर आम्दानी गर्दो रहेछ पर्यटन (Tourism) बाट।त्यहाँ घुम्न जाने पर्यटकहरू मध्ये 86% चिनियाँ रहेछन् ।वार्षिक 5000-6000 जना पश्चिमी पर्यटकहरू पनि उत्तर कोरिया घुम्न जाने गरेकोले तिनीहरूलाई रोक्न अमेरिकाले अनेक झुटो propaganda फैलाई रहेका छन् मिडियामा तर ती पर्यटकहरू उत्तर कोरियाको प्रगति देखेर दङ्ग पर्दो रहेछन् ।भियतनामले वार्षिक 1 करोड तीस लाख भन्दा बढी बिदेशी पर्यटक भित्र्याउदो रहेछ भने विशाल जनसङ्ख्या भएको भारतले जम्मा 1 करोड मात्रै ।त्यसैगरी सानो कम्युनिस्ट मुलुक लाओसले वार्षिक 38 लाख, अर्को सानो कम्युनिस्ट मुलुक क्युबाले वार्षिक 45 लाख, अनि चीनले वार्षिक 5 करोड 60 लाख भन्दा बढी बिदेशी पर्यटक भित्र्याउदो रहेछ भने बिदेशी दले सरकार भएको नेपालले बिगत 20 वर्ष देखी अहिले सम्म वार्षिक 10-12 लाख भन्दा बढी भित्र्याउन सकेको छैन।जहिको त्यही छ पर्यटन क्षेत्र
Recent Comments